Incident Reports

क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

2020-03-02

Gandaki, Kaski, Pokhara Lekhnath

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयले मनोमानी ढंगबाट क्याम्पस प्रमुख नियुक्त गर्ने गरेको र पूर्णकालीन सहायक डीन नियुक्तिमा ढिलाइ गरेको भन्दै तालाबन्दी गरेको हो।

संघले २ वर्षदेखि पूर्णकालीन क्याम्पस प्रमुखको नियुक्ति बिनाकारण अड्काएको आरोप लगाएको छ । विभिन्न समयमा अर्को व्यवस्था नहुँदासम्म भन्दै क्याम्पस प्रमुख नियुक्त गरेको संघले जनाएको छ । फागुन १६ मा पुनःअर्को व्यवस्था नभएसम्मका लागि भन्दै क्याम्पस प्रमुख तोकेपछि प्रजातन्त्रवादी प्राध्यापक संघले सोमबारदेखि आन्दोलन घोषणा गर्दै तालाबन्दीमा उत्रेको हो । संघले २० गतेसम्म नियमित कक्षा अध्यापन बाहेकका अन्य कार्यक्रम बहिष्कार गर्ने जनाएको छ। २१ गतेसम्म माग पूरा नभए नियमित कक्षामा समेत सहभागिता नजनाउने चेतावनी दिदै २२ गते दबाबका कार्यक्रम तय गर्ने जनाएको छ। संघका अध्यक्ष राजन सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्याम्पस प्रमुखको जिम्मेवारी दिँदा कुनै मापदण्ड र कार्यसम्पादनमा मूल्यांकन नभएको, उपकुलपतिले सुशासनका लागि गरेका प्रतिबद्वतार संघका पदाधिकारी एवं सदस्यसँगको भेटमा गरिएका आश्वासन कार्यन्वयन नगरेको उल्लेख छ।

पछिल्लो पटक फागुन १६ मा अर्को व्यवस्था नभएसम्मका लागि भन्दै रामप्रसाद शर्मालाई क्याम्सप प्रमुख नियुक्त गरिएको छ। त्यस्तै केही महिना पहिले महेन्द्रसिंह थापालाई डीनको जिम्मेवारी दिइएको थियो। संघले विषय विज्ञता तथा वरिष्ठता आधारमा पूर्णकालीन क्याम्पस प्रमुख र डीन नियुक्त गर्न माग गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments