Incident Reports

कालोपट्टी बाँधेर अध्यापन

2020-02-02

Lumbini, Banke, Nepalgunj

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा विज्ञान संकायमा अध्यापन गराउने आंशिक प्राध्यापकहरुले मंगलवार कालोपट्टी लगाएर अध्यापन गरेका छन् ।
केही दिनअघि क्याम्पस प्रमुख गणेश रेग्मीलाई ज्ञापनपत्र बुझाएका उनीहरुले सम्पूर्ण आंशिक प्राध्यपकहरूलाई करार गरियोस् भनि शुरू गरिएको संघर्षको तेस्रो दिनबाट कालो पट्टी बाँधेर बिरोध जनाउँदै कक्षा लिएका हुन् ।

नेपाल आंशिक प्राध्यपक संघ एकाइ समिति महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज विज्ञान संकायका अध्यक्ष सहरूम खाँले आज र भोलि कालो पट्टी बाँधी बिरोध जनाउने र माग पुरा नभए बिहिबार र शुक्रबार पेन डाउन गरि विज्ञान संकायका सम्पूर्ण कक्षाहरू बहिस्कार गर्ने कार्यक्रम छ रहेको बताए ।
बहिस्कारका कार्यक्रहरूलाई सबैले समर्थन गरेको संघका सचिब सुनिल अधिकारीको भनाइ छ । पहिलो चरणको कार्यक्रमले त्रि बि र क्याम्पस प्रसासनले माग पुरा नगरे सम्पूर्ण आंशिक प्राध्यापकले अनिश्चित कालिन कक्षा बहिस्कार गरि सामुहिक राजिनामा गर्ने सम्मको आन्दोलनमा जाने कुरा संघले चेतावनी दिएको छ ।

आफुहरुले १४ वर्ष देखि आंशिक प्राध्यापकका रुपमा अध्यापन गराउदै आइरहदा अहिलेसम्म पनि क्याम्पसले स्थायी नगर्दा आफुहरु बाध्य भएर आन्दोलनका कार्यक्रमहरु अगाडि सारेको प्राध्यापक कवीन्द्र भट्टराईले बताए ।
सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई प्रक्रिया पुर्याएर करार गराउनुपर्ने माग राखेर गत मंसिर महिनामा क्याम्पस प्रमुखलाई पत्र बुझाएको उक्त मागको कुनै सुनुवाइ नभएर पुनः माग १२ गत क्याम्पसमा ध्यानाकर्षण पत्र बुझाउदा पनि कुनै प्रक्रिया अगाडि नबढाएको हुदा बाध्य भएर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको संघको दावी छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा विज्ञान संकायमा २४ जना आंशिक प्राध्यापक छन् ।

हाल विज्ञान संकायमा 463 जना विद्यार्थी अध्ययन रत छन भने B Sc प्रथम दोस्रो तेस्रो र चौथो गरि सबै बर्षका कक्षा संचालनमा छन् | ‘हाल सरकारले विज्ञान प्रवर्द्धनको नीति लिईरहेको अवस्थामा मध्य तथा सुदुर पश्चिमको केन्द्र नै रहेको नेपालगन्जको विज्ञानको पठन पाठनलाई लथालिङ्ग पारिनु तथा science लाई poltical science को नजरले हेरिनु दुखद हो,’ प्राध्यापक कवीन्द्र भट्टराईले नेपालगन्जन्यूज सँग भने

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments