Incident Reports

फोनमार्फत महिलालाई जिस्काउने दुई युवक पक्राउ

2020-01-24

Madhes, Bara, Devtal, Ward 2

महिलालाई फोन मार्फत जिस्काउने दुईजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा देवताल गाउपालिका वडा नम्बर २ बस्ने २० बर्षीय अखिलेश यादव र भारत बिहार पुर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने १८ बर्षिय इन्दल यादव रहेका छन्। 

पक्राउ परेकमा दुवै युवकले कलैया उप मानगरपालिका वडा नं.१८ की एक महिलालाई मोवाईलमा फोन गरी जिस्काउने र पटक पटक अपशब्द प्रयोग गरी धम्की समेत दिने गरेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका अखिलेशको नाममा सिम कार्ड रहेको तथा अर्का भारतीय युवकले पनि सोही सिम कार्ड प्रयोग गरि महिलालाई जिस्काउने गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले दुबै जनालाई कलैया बजारबाट नियन्त्रणमा लिएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Others
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Bara

0 Comments