Incident Reports

लागुऔषध र हतियारसहित १ जना पक्राउ

2020-02-01

Gandaki, Parbat, Modi, Ward 1

 जिल्ला पर्वत मोदी गाउँपालिका १ भुकताङ्ले झिल्लीबर्यासङका ३० वर्षीय मुक्तबहादुर आले मगर लागुऔषध र बन्दुकसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटेको टोलीले आले मगरको घर खानतलासी गर्ने क्रममा बोरामा लुकाई राखेको गाँजा १ किलो ३ सय ग्राम, चरेस ५० ग्राम र १२ बोरको १ नाले बन्दुक थान १ फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख श्याम अर्यालले बताए । आले मगरलाई लागुऔषधसम्बन्धी कसुर र हात हतियार खरखजानासम्बन्धी एकीकृत कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता इस्पेक्टर विकास थापाले जानकारी दिए ।

Local Newspaper - Kaski

0 Comments