Incident Reports

जबरजस्ति करणीको आरोपमा माझी पक्राउ

2020-03-12

Madhes, Parsa, Sakhuwa Prasauni, Ward 2

पर्साको सखुवा प्रसौनी गाउँपालिका २ प्रसौनीटोलमा एक किशोरीलाई जबर्जस्ति करणीको प्रयास गरेको आरोपमा एक जना बिहीबार पक्राउ परेका छन्।पक्राउ पर्नेमा स्थानीय २२ बर्षिय वीरेन्द्र माझी मुसहर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।हिजो बेलुका धारामा पानी लिन गएको समयमा १६ बर्षिय किशोरीलाई मुसहरले जबरजस्ति करणीको प्रयास गरेका थिए।

उनले जिउ छामेको र संवेदनशील अंग समाति कपडा समेत च्यातिदिएको पिडीत बालिकाको आरोप रहेको छ।मुसहर ले विगतको दिनदेखी पटक पटक करणीको प्रयास गरेको पीडितको उजूरीमा उलेख रहेको छ।

बालिका र बालिकाको बुवाले ईलाका प्रहरी कार्यालय एकटाङ्गामा लिखित उजूरी दिएपछि इलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरीको टोलीले मुसहर लाई पक्राउ गरी जिप्रका पर्सामा बझाईएको छ।ईप्रका एकटाङ्गाका प्रहरी नायब निरीक्षक पूर्ण दाहालका अनुसार उजुरीको अधारमा पक्राउ गरिएको र घटनाको विषयमा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बुझाएको छ।

यता पक्राउ परेका मुसहरले होलि पर्वमा आपूले सो केटीलाइ जिस्काएको प्रहरीमा बयान दिएको बताए।प्रहरीका अनुसार घटना शंकास्पद भएकोले अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total damaged Buildings 00
Local Newspaper - Bara

0 Comments