Incident Reports

दुध बिक्री गर्न हिँडेका युवालाई प्रहरीद्वारा कुटपिट

2020-03-25

Gandaki, Tanahun, Byas, Ward 1

दुध बिक्री गर्न हिँडेका व्यास नपा–१४ का कृषक ३४ वर्षीय ईश्वरराज पन्थलाई ०७६ चैत १२ गते साँझ व्यास नपा–१ भादगाउँमा प्रहरीले कुटपिट गरेको छ ।

बुधबार साँझ भैसी दुहेर स्कुटरमा  बिक्रीकोलागि व्यास नपा–१ को भादगाउँ तफै ल्याउँदै गर्दा प्रहरीले लकडाउनको उल्लंघन गरेको भन्दै अभद्र व्यवहार गरि कुटपिट समेत गरेको पन्थले बताउनुभयो ।

कुटपिट पछि उहाँलाई करिब तीन घन्टा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पन्थले बताउनु भयो । लकडाउनको क्रममा पनि सरकारले दुधलाई अत्यावश्यक सेवा मानेर दुध बोक्ने सवारी सन्चालन गर्न दिने निर्णय गरेपनि सडकमा खटिएका प्रहरीले दुध बिक्रीकोलागि हिँडेको थाहा पाएरै पनि आफूलाई दुर्व्यवहार गरेको पन्थले बताउनुभयो ।

व्यास नपा–१४ को गुँदीमा भैसी पालन गर्दै आउनु भएका पन्थले लकडाउनको समयमा भैसीलाई पराल र दाना तथा चोकरको अभाव हुने ढुवानी गर्न समस्या हुने तथा दुध बिक्रीकोलागि बजारसम्म ल्याउन पनि समस्या हुने भएको कारण केही दिन यता पृथ्वीराज मार्गको छेउमै व्यास नपा–४ को सिमलटारमा अस्थायी रुपमा भैसी पालेको बताउनुभयो ।

लकडाउनको उल्लंघन गर्नेलाई कडाइका साथ रोक्न निर्देशन दिएको कारण ड्युटीमा बसेका प्रहरीले पन्थलाई दुर्व्यवहार गरेर प्रहरी कार्यालय ल्याएपनि पछि दुध बिक्री गर्न हिँडेको पुष्टि भएपछि ससम्मान रिहा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments