Incident Reports

बाटोको नक्सा परिवर्तनको विरोधमा धर्ना

2020-02-19

Bagmati, Chitawan, Bharatpur

भरतपुर महानगरपालिकाभित्रको रिङरोड बनाउने विषयमा स्थानीयले विरोध गरेका छन् । गत वर्ष पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको रिङरोडको नक्सा परिवर्तन गरेको भन्दै भरतपुर–१३ र २२ का स्थानीयले बुधबार भरतपुर महानगरपालिकामा विरोधस्वरुप धर्ना दिएका हुन् ।

पुरानो नक्सा र योजनाअनुसार वडा नं–१३ र २२ मा जंगलछेउको बाटोबाट रिङरोड बनाउने भनिए पनि अहिले बस्तीबीचबाट बाटो लैजाने गरी सर्वे गर्न प्राविधिक टोली पुगेपछि विरोध जनाएको वडा नं–२२ का स्थानीय बाबुराम ढुङ्गानाले जानकारी दिए ।

‘हामीले विकासको विरोध गरेका होइनौँ’, उनले भने, ‘पहिलेकै नक्साअनुसार बाटो लैजाऔँ भन्नमात्रै खोजेका हौँ ।’ नक्सा परिवर्तनले धेरैको घरबार उठ्ने सम्भावना भएकोले नक्सा परिवर्तन नगर्न दबाबस्वरुप विरोध गरेको उनले बताए । उनका अनुसार नयाँ डिजाइनअनुसार बाटो लैजाने हो भने वडा नं–१३ र २२ मा मात्रै करिब एक सयभन्दा बढी घरपरिवार घरबारविहीन हुनेछन् । भरतपुर–१३, ब्रह्मपुरीका रजबहादुर कामी (कालु विक)ले पनि नक्सा परिवर्तन नगरी लैजान माग गरे । 

‘बस्तीबीचबाट बाटो लैजाँदा घुम्ती र मोड धेरै हुन्छन्, त्यसले दुर्घटना पनि बढी निम्त्याउँछ’, उनले भने, ‘त्यतिमात्र नभई एक कठ्ठा जमिन लिएर घर बनाउनेले ३० मिटरको बाटो छोड्न परेपछि कहाँ गएर बस्ने ? त्यसैले पुरानै नक्सालाई यथावत् राखेर बाटो बनाऔँ भन्न खोजेका हौँ ।’ 

बुधबार सोही विषयलाई लिएर वडा नं–१३ र २२ का स्थानीय भरतपुर महानगरपालिका परिसरमा जम्मा भएर धर्नामा बसेका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments