Incident Reports

लमजुङको मर्स्याङ्दीमा चिनियाँ नागरिक र स्थानीयवासीबीच झडप

2020-03-31

Gandaki, Lamjung, Marsyangdi, Ward 6

लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिका – ६ ठूलोबेसीमा चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको भएको हो।

न्यादी हाईड्रोपावरका लागि आवश्यक सामाग्री लिएर दुईवटा ट्रक आएपछि गाउँलेहरुले लकडाउनमा किन चहलपहल गरेको भन्दै प्रश्न उठाउँदा चिनियाँ नागरिक कुटपिटममा उत्रिएको वडा ६ की जनप्रतिनीधि डिलमाया थापाले जानकारी दिइन् ।

स्थानीय पत्रकार नबिन कुईकेलका अनुसार स्थानीयले बाटोमा लगाएको तार जाली समेत फाल्दै हाईड्रोपवरले सामान गाउँमा भित्र्याएपछि स्थानीयहरु आक्रशित भएका थिए ।

आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनीयाहरुले भने सामग्री ल्याएपछि कोरोनाको डर बढेको भन्दै स्थानीयवासीले बिरोध गरेका थिए ।

अवस्था असामान्य बनेपछि त्यहाँ प्रहरी समेत परिचालन गरिएको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments