Incident Reports

वडा सचिवले घरबाट निकाले नर्स

2020-03-31

Lumbini, Dang, Ghorahi, Ward 2

दाङमा एक वडा सचिवले नै डेरामा बस्दै आएकी नर्सलाई घरबाट निकालेका छन्।

घोराही उपमहानरपालिका वडा नं. २ का वडा सचिव नारायण आचार्यले नर्स सिर्जना खड्कालाई घरबाट निकालेका हुन्। सिर्जना सचिव आचार्यको घोराही १८ नवलपुरस्थित घरमा गत मंसिरदेखि साथीहरूसँगै भाडामा बस्दै आएकी थिइन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेशपुर निवासी २० वर्षीया उनी घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत छिन्।

हस्पिटलले नर्सलाई अनिवार्य सेवामा आउन निर्देशन गर्‍यो। उनलाई बिदा मिलेन। ‘लकडाउन’को बीचमा पनि उनी हस्पिटल जाने र डेरामा आउने गरिन्।

उनका घरधनी वडा सचिवले घर छोड्न भने।

‘सबै घरभित्र बस्ने तिमी भने हस्पिटल जाने/आउने गर्ने भए अब यहाँ बस्न पाइँदैन भन्नुभयो’ सिर्जनाले फोनमा भनिन् ‘कि तिमी हस्पिटल जान बन्द गर, हैन भने तिम्रो लागि गेट अब बन्द हुन्छ भनेपछि उहाँको घर छोडेर होटलमा बस्न थालेकी छु।’

पूर्ण सुरक्षित विधि अपनाएको र बाध्यताले हस्पिटल जानु परेको भनेर सम्झाउन खोज्दा पनि आचार्यले नमानेको उनले बताइन्।

उनी चैत १५ गतेदेखि गौरीगाउँस्थित बुढाथोकीको होटलमा बस्न थालेकी छिन्।

वडा सचिव आचार्यले भने आफूले नभइ आफ्नी श्रीमतीले बच्चा बिरामी छ भन्दै त्यसो भनेको हुन सक्ने जिकिर गरे।

‘लकडाउनको अवधिभर हाम्रो घरमा बस्ने भन्ने उहाँको सोच रहेछ,’ आचार्यले भने ‘मैले त हैन मेरो म्याडमले हाम्रो बच्चा बिरामी छ तपाईं आफ्नो पुरानै डेरामा बस्नुस् भनेकी रहेछिन्।’

वडा सचिव आचार्यले आफ्नो घरमा जम्मा चार वटा कोठा मात्रै भाडामा दिएको बताए।

आचार्यका अनुसार रोल्पाका टिपर चालक दुई जनाको परिवार, उनीहरूकी बहिनी र अर्घाखाँचीका एक फलफूल व्यापारी आधिकारिक रूपमा भाडामा बस्दै आएका छन्।

आचार्यले भने ‘सायद नर्स बहिनी पनि घरमा आउने जाने गर्नु हुन्थ्यो होला, मलाई थाहा थिएन, मैले उहाँलाई केही भनेको पनि हैन।’

आफ्नो बच्चा बिरामी रहेकाले परिवारले केही सावधानी अपनाएको आचार्यले बताए।

कोठा छोड्न दबाब दिए कारबाही – प्रजिअ रिजाल

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विपद्को घडीमा मानवीय सेवामा संलग्न स्वास्थ्यकर्मीलाई घरबाट निकाल्न दबाब दिए जोकोहीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

उनले सोमबार एक विज्ञप्ति जारी गर्दै केही घरधनीले स्वास्थ्यकर्मीलाई घर छोड्न दबाब दिएको सुन्नमा आएको बताएका छन्।

मुलुक महामारीले आक्रान्त बनिरहेको अवस्थामा आफ्नो जिउ ज्यानको प्रवाह नगरी खटिने स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने कार्य गर्नुपर्नेमा केही घरधनीले बाहिरी जिल्लाबाट आएका विद्यार्थीलाई समेत घर छोड्न दबाब दिइरहेको भन्ने सुन्नमा आएको हुँदा त्यो व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उनले जारी गरेको वक्तव्यमा उल्लेख छ।

प्रजिअ रिजालले त्यस्तो व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी समेत दिएका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth youth
National/Online Media

0 Comments