Incident Reports

कांग्रेस नेत्री चित्रलेखाका पतिमाथि यौनहिंसाको आरोप

2020-02-18

Madhes, Siraha, Lahan

काठमाडौँ — रानी यादवको फेसबुक ‘वाल’ मा आइतबार बिहान ८ पेज लामो हस्तलिखित कागजको फोटो पोस्ट भयो । यसले धेरैको ध्यान खिच्यो । किनकि उनी पूर्वउपसभामुख एवं कांग्रेस नेत्री चित्रलेखा यादवकी बुहारी थिइन् नै, उनले राष्ट्रिय योजना आयोग, लोकसेवा आयोग र शिक्षा सेवा आयोगका पूर्वसदस्यसमेत रहेका ससुरा श्रीकृष्ण यादवविरुद्ध यौनहिंसाको आरोप लगाएकी थिइन् ।

 रानीले पाँच वर्षयता आफू ससुराबाट यौनहिंसामा परेको र यो घटनामा चित्रलेखासमेतको सहमति रहेको आरोप लगाएकी छन् । रानीको फेसबुक पोस्टमा मंगलबार साँझसम्म दुई दर्जनभन्दा बढी कमेन्ट देखिन्छ भने त्यसलाई १६ जनाले सेयर गरेका छन् । रानी सम्पर्कमा छैनन् । साढे चार वर्षको छोरा च्यापेर उनले घर र माइती छाडेकी छन् । श्रीकृष्णले भने बुहारीले आफूमाथि लगाएको आरोपमा सत्यता नभएको दाबी गरे । उनले रानी आफ्नो होटलका एक पूर्वकर्मचारीसँग भागेको दाबीसमेत गरेका छन् । ‘दरबार होटलका जीएमलाई केही समयअघि मैले जागिरबाट निकालिदिएको थिएँ । त्यसको बदला लिन्छु भनेर मलाई उसले धम्की दिएको थियो,’ श्रीकृष्णले कान्तिपुरसित भने, ‘अहिले बुहारीलाई झूटा कुरा लेख्न लगाएछ । अहिले म साह्रै टेन्सनमा छु ।’ रानीका श्रीमान् लामो समयदेखि अमेरिकामा छन् । सिरहाको लहानमा दरबार होटलसमेत सञ्चालन गरेको यादव परिवारमा उक्त होटलको स्वामित्वमा विवादसमेत रहँदै आएको छ । परिवारका केही सदस्यले रानीले लगाएको आरोपका पछाडि होटलको स्वामित्व विवाद कारण हुन सक्ने बताए पनि पुष्टिको कुनै आधार दिन सकेनन् । श्रीकृष्ण र वीरेन्द्र साहले मिलेर करिब तीन वर्षअघि दरबार होटल सञ्चालनमा ल्याएका हुन् । त्यतिबेला श्रीकृष्णको २५ र साहको ७५ प्रतिशत लगानी थियो । होटल नचलेपछि साह बैंकको ऋणमा डुब्दै गए । बैंकमा राखेको उनको मिर्चैयास्थित घर लिलामीको सूचना निस्कियो । पछि चित्रलेखाले आफ्नै सक्रियतामा होटल आफ्नो बनाइन् । साहको घरसमेत उनीहरूले लिलामीमा सकारे । कानुनी रूपमा भने होटलको स्वामित्व हस्तान्तरण हुन बाँकी नै रहेको साह बताउँछन् । ‘९ महिनाअघि होटल उहाँहरूले लिनुभएको छ । हक हस्तान्तरण गर्न बाँकी छ,’ उनले भने । उनका अनुसार होटलको स्वामित्वमा कुनै विवाद छैन । रानीले अहिले त्यही लहानको दरबार होटलमै पटक–पटक ससुराबाट यौन दुर्व्यवहार भएको आरोप लगाएकी छन् । चित्रलेखा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेत्रीत्वको मन्त्रिपरिषद्मा शिक्षामन्त्री थिइन् । त्यतिबेला श्रीकृष्ण उनकै सल्लाहकार थिए । श्रीमती मन्त्रीबाट हटेपछि श्रीकृष्ण होटल चलाउन भन्दै लहानतिरै बस्ने गर्थे । श्रीमतीको पहुँचका आधारमा उनले पटक–पटक राजनीतिक नियुक्तिसमेत लिँदै आएका छन् ।

श्रीकृष्णका अनुसार रानी दुई महिनाअघिदेखि नै माइतीमा बस्दै आएकी थिइन् । ‘फागुन २६ गते चित्रलेखा र म जनकपुर (रानीको हालको माइती घर) रानीलाई लिन गयौं । उनी आउन मानिनन् । हामीले पनि भैगयो, यहीं बसोस् भन्यौं । तर ससुराले लिएर जानुहोस् भनेपछि लिएर आयौं । होटल दरबारमा बस्यौं । म र श्रीमती एउटा र बुहारी अर्को कोठामा बस्यौं । हामीबीचको कोठाको दूरी अलि टाढा थियो । ११ बजे राति ऊ होटलबाट भागिछ,’ श्रीकृष्णले भने, ‘त्यही होटलका पूर्वजीएमसँग भागेको आशंका छ । मेरो इज्जतमाथि दाग लगाउने कामसमेत उसैले गरेको हो भन्नेमा म विश्वस्त छु ।’ प्रहरी कार्यालय लहानमा बुहारी रानी र नाति हराएकाले खोजी गरिपाऊँ भन्दै फागुन २७ गते श्रीकृष्णले उजुरी दिएका छन् । स्रोतका अनुसार प्रहरीले उनीहरूको खोजीका निम्ति भन्दै रानीको माइती रहेको महोत्तरी, आफन्ती रहेका धनुषा–काठमाडौंलगायत ठाउँमा खोजीका निम्ति हुलिया पठाएको छ । कान्तिपुरको सम्पर्कमा आएका रानीको माइतीका केही सदस्यले उनी कहाँ छिन् भन्नेबारे आफूहरूलाई समेत थाहा नभएको बताए । उनीहरू पहुँचवाला व्यक्तिको घरको कुरा भएको भन्दै आफ्नो नाम सार्वजनिक गर्न डराए । श्रीकृष्णले भने भारतको लखनउमा भएको आशंका गरे । रानीले फेसबुकमा राखेको पत्रमा प्रश्न गरेकी छन्, ‘बुहारीलाई आफूसँग होटलको बन्दकोठामा ढोका लक गरेर २ घण्टा आराम कुन थकान मेटाउन गर्छन् ? ससुराले किस गरेर र अँगालो हाल्दै छोरा छैन यहाँ, त्यो भएर फिलनहोस् मायाको कमी भनी सिकाउने सासू कुन क्लासको होला ?’ उनले दोस्रो पेजमा लेखेकी छन्, ‘मेरो श्रीमान् कहिले आउँछ भन्ने प्रश्न गर्दा तिमीलाई मेरो छोराले फिजिकल स्याटिसफ्याक्सन दिन सक्दैन, म दिन्छु भन्ने ससुराबाउ कुन दर्जाको होला ?’ रानीले सातौं पेजमा भने यातनाका कारण आफूले कुनै नराम्रो कदम चाले त्यसको जिम्मेवार चित्रलेखा यादवको सम्पूर्ण परिवार हुने उल्लेख गरेकी छन् । उनले ससुरा श्रीकृष्णविरुद्ध लेखेकी छन्, ‘अपराधी डाक्टर श्रीकृष्ण यादव हो । मेरो ठूलो गल्ती एउटै हो कि, मैले उनीहरूको इज्जतको ख्याल गरें । मैले सम्बन्धित निकायमा जानकारी दिइनँ । तर मसँग सबै प्रमाण छन् ।’ यता श्रीकृष्णले बुहारीको आरोपबारे अमेरिकामा रहेका छोरालाई समेत जानकारी गराइएको बताए । ‘छोराले त्यतिबेलै पूर्वजीएमसँगको सम्पर्कबारे प्रश्न गरिरहने गर्थ्यो । अहिले त्यतिबेलै थाहा पाएको भए यस्तो हुँदैनथ्यो भन्ने छोराको कुरा छ,’ उनले भने । ११ महिनाअघि छोरा नेपाल आएर फर्केका थिए । आफूले सोमबार साइबर क्राइममा उजुरी दिएको समेत श्रीकृष्णले बताए । आरोप झूटो : श्रीकृष्ण हाम्रो दरबार होटलमा एम विश्वकर्मा भन्ने जीएम थिए । होटल राम्रोसँग चलेन । परिस्थितिवश उसलाई हटाएँ । उसले मलाई धम्की दियो । छोरा अमेरिकामा छ । बुहारीलाई हामीले माया गरेर राखेका थियौं । बुहारी माइती घर जनकपुरमा थिई । फागुन २६ गते म र चित्रलेखा उसलाई लिन गयौं । ऊ आउन मानेकी थिइनँ । हामीले पनि भैगयो यहीं बसोस् भन्यौं । तर ससुराले लिएर जानुहोस् भन्नुभयो । हामीले लिएर आयौं । होटल (लहानको आफ्नै) म र वाइफ एउटामा र बुहारी अर्को कोठामा बस्यौं । ११ बजे राति ऊ होटलबाट भागिछ । केही दिनअघि जनकपुरमा लोग्नसँग छुट्टिने भनेर अंशबन्डाको कुरा गर्न वकिलसँग गएको रहेछ । त्यो कुरा उसको बाआमाले थाहा पाएपछि हामीलाई घरमा लैजानू भन्नुभएको रहेछ । मविरुद्ध जति कुरा लेखिएका छन्, ती सबै झूटा हुन् । म यी सबै कुरा फेस गर्न तयार छु । प्रकाशित : चैत्र ५, २०७६ ०७:४९


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Makwanpur

0 Comments