Incident Reports

विराटनगरमा अस्पताल डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु

2020-04-01

Province 1, Morang, Biratnagar

१९ चैत, विराटनगर । विराटनगरमा अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ ।

आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् ।

अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ भण्टामै अस्पतालले मृत घोषणा ग¥यो ।

यस्तो थियो घटना

मंगलबार विहान करिब ६ बजे बेहोस भएकी गुरुङलाई आफन्तले एम्बुलेन्स खोजेर धनकुटाको क्लिनिक हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याए ।

विहान नौ बजेतिर भर्ना गरिएकी उनलाई आईसीयूमा राख्नुपर्ने र आफ्नोमा नभएको भन्दै प्रतिष्ठानले विराटनगरको न्यूरो अस्पताल रेफर गर्‍यो ।

न्यूरोको इमरेजन्सीमा केहीबेर राखेर चिकित्सकले रेफर पुर्जी हेर्दै विराट नर्सिङ होम रेफर गरे । विराटले पनि रेफर पूर्जी हेर्दै नोबल मेडिकल कलेजमा पठायो ।

विहान बेहोस भएकी र दिनभर अस्पताल चहारेकी ५२ वर्षकी नरदेवीको शरीरमा १०२ डिग्री ज्वरो मापन गरिएको थियो । ज्वरोका कारण अस्पताल उपचार गर्न तर्किए ।

दिनभरि पाएको दुःख सुनाएपछि नोबल मेडिकल कलेजले भर्ना लियो । ‘घोपाको देखाएको कागज हेर्दै दुई अस्पतालले फिर्ता पठाए’ छोरी लक्ष्मीले भनिन् ‘नोबेलमा भर्ना गर्दा ढिलो भइसकेको थियो ।’

समयमा नै उपचार नपाउँदा आमा गुमाउनुपरेको लक्ष्मीको गुनासो छ ।

धरानको रेफरपछि न्यूरोले भेन्टिलेटर खाली नभएको बताएको थियो । विराटले कुनै कारण नदेखाई रेफर गर्‍यो ।

‘न्यूरोले रेफर गर्दा खाली छैन होला जस्तो लागेको थियो’ उनले भनिन् ‘विराटले रेफर गरेपछि कुरा बुझेँ, दोस्रो भगवान मानेका चिकित्सकबाट धोका भयो ।’

उच्च रक्तचापका कारण बेहोस भएकी नरदेवीलाई नोबेलका चिकित्सकले ढिलो ल्याएका कारण बिरामी बचाउन नसकेको बताएको लक्ष्मीले बताइन् । ‘बिरामी हुँदा पनि उपचार पाइएन’ उनले भनिन् ‘लापरवाही गर्ने अस्पताल र डाक्टरलाई कारवाही हुनुपर्छ ।’

न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराई अस्पतालमा भेन्टिलेटर खाली नभएका कारण विरामीलाई रेफर गरेको बताउँछन् । बिरामीका कोरोना संक्रमणको शका नभएको बताउँदै उनले न्यूरोमा भेन्टिलेटर नै खाली नरहेको बताए ।

विराट नर्सिङका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाको कुनै सुरक्षात्मक सामाग्री नभएको बताए । स्वास्थ्यकर्मीका लागि प्रदेश सरकारसँग पीपीई माग गरिएको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people N
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments