Incident Reports

‘लकडाउन’ उल्लघंन रोक्न खोज्दा कांग्रेस नेतामाथि छुरा प्रहार

2020-04-03

Province 1, Morang, Pathari Shanishchare, Ward 1

काठमाडौँ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ । ‘लकडाउन’ उल्लंघन रोक्न खोज्दा नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो । 

कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको अख्तियार गरेको ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले त्यसलाई रोक्ने काम गरेको स्थानीयहरु बताउँछन्। 

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार ‘लकडाउन’ उल्लंघन हुने क्रम बढेपछि तामाङले सडकमा काठ तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ । 

तामाङलाई छुरा प्रहार गरेको आधा घण्टाभित्रै घटनामा संलग्नलाई पक्राउ गरिएको डीएसपी गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘घटनामा संलग्न स्थानीय २८ वर्षीइ विजय लिम्बु पक्राउ परेका छन्। लिम्बुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।’

पटक–पटक लिम्बु र तामाङबीच विवाद हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी गिरीले बताए । डीएसपी गिरीका अनसार मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको हो । 

तामाङको छुरा प्रहारबाट बायाँ छात्तीमा गहिरो चोट लागेको छ ।  प्रहरीका अनुसार तामाङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Sunsari , Police website

0 Comments

Related Reports