Incident Reports

कुटपिट घटनाका आरोपित विरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर

2020-04-03

Madhes, Parsa, Birgunj, Ward 19

वीरगंज मनपा–१९ बरेवाका ४३ वर्षीय जगनप्रसाद यादव, ३८ वर्षीय विकाशकुमार यादव, ३२ वर्षीय सञ्जयप्रसाद यादव, ३६ वर्षीय राजु यादव र ४६ वर्षीय सुरेन्द्रप्रसाद यादवलाई चैत २१ गते सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ ।

वीरगंज मनपाले वडास्तरमा सर्वदलीय संयन्त्र बनाएर दैनिक ज्याला गरेर जीवन यापन गर्ने श्रमजीवी नागरिकलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

सो राहत वितरणका लागि नामावली सङ्कलनको क्रममा भएको विवादमा कुटपिट गरेको आरोपमा सात जनालाई गिरफ्तार गरिएको थियो । गिरफ्तार सात मध्य पाँच जना विरुद्ध सार्वजनीक अपराधको मुद्धा दर्ता गरिएको हो । गिरफ्तार अन्य दुई जनालाई भने प्रहरीले  अनुसन्धान पश्चात छोडेको छ ।

चैत १९ गते राहत वितरणको लागि नाम सङ्कलन गर्ने क्रममा वीरगञ्ज मनपा–१९ बरवा टोलमा भएको कुटापिटमा संलग्न सात जनालाई पक्राउ गरिएकोमा पाँच जनाविरुद्ध मुद्दा चलाइएको ईलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर चन्द्र सिंहले जानकारी दिनु भयो । अन्य दुई जनालाई भने अनुसन्धान पश्चात छाडिएको उहाँले बताउनु भयो ।

केसी लामिछाने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
INSEC

0 Comments