Incident Reports

काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध

2020-01-19

नेपाली काँग्रेस सप्तरीले सूचना प्रविधि बिधेयकले संबिधान प्रदत नागरिक अधिकार हनन्  गर्न लागेको भन्दै आइतबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ।

काँग्रेस सप्तरीले सुचना प्रविधि विधेयक बिरुद्ध याली निकाल्दै राजविराजको विभिन्न स्थानमा प्रदर्शन गरेको हो।

नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको नेतृत्वमा भएको प्रदर्शनमा काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बिरोध याली पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगि प्रधानमन्त्रीको कार्यालयलाई बिरोध पत्र समेत बुझाएको छ।

बुझाइएको बिरोध पत्रमा नेपाल सरकारले विशेषा सेवा गठन र संचालन सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक तथा संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित सूचना प्रविधि विधेयकले संविधान प्रदत नागरिक अधिकार हनन् गर्न लागेको विषय अत्यन्तै गम्भिर रहेको उल्लेख छ।

ज्ञापनपत्रमा नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षडयन्त्र रहेको हुँदा नेपाली काँग्रेस जिल्ला कार्य समितिले त्यस्ता षडयन्त्र बिरुद्ध बिरोध गरेको उल्लेख छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments