Incident Reports

बिरामीको मृत्यु भएपछि निजामती कर्मचारी अस्पतालमा प्रदर्शन

2020-03-01

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं नयाँ वानेश्वरको निजामति कर्मचारी अस्पतालमा डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार विहान ११ बजे आफैं उपचारका लागि आएका सिन्धुपाल्चोकको अर्जुन खड्काको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।

डाक्टरको लापरबाहीले मृत्यु भएकाले उपचार गर्ने डाक्टरलाई कारबाही र लाइसेन्स खारेज गर्नुपर्ने मृतकका ज्वाइँ देवेन्द्र खड्काले बताए । उनका अनुसार आफैं हिँडेर उपचार गर्न आएका अर्जुनको अस्पतालमा इसीजी गरिएको थियो ।

त्यसको रिपोर्ट २ घण्टापछि आउँछ भनिएकोमा रिपोर्ट आउनुअघि नै विरामीको मृत्यु भएको हो । अहिले आफन्तले अस्पताल प्रशासनसँग छलफल गरिरहेको छ । भित्र वार्ता चलिरहेका बेला मृतकका आफन्तले अस्पतालबाहिर प्रदर्शन गरेका छन् । 

आकस्मिक कक्षमा अनुभवी डाक्टर नराखेका कारण मृत्यु भएको आफन्तको आरोप छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments