Incident Reports

विभिन्न हातहतियार सहित पक्राउ

2020-04-04

Sudurpashchim, Bajura, Badimalika, Ward 8

बाजुरा, २२ चैत 

बडिमालिका नगरपालिका-८ बागडाँडाको जङ्गलबाट सोही नगरपालिका-८ राप्का बस्ने ५० वर्षीय मन्‍नाम थापालाई लोड भएको एकनाले भरुवा बन्दुक १ थान, बन्दुकको केप ५३ थान, सरिया काटेर बनाएको बन्दुकमा लाग्ने गोली १८ राउण्ड सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले थापालाई उक्त हातहतियार बोकी शिकार खेल्न जाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments