Incident Reports

राहत बाँड्न पुगेका जनप्रतिनिधिमाथि हातपात, दुई जना पक्राउ

2020-04-09

Province 1, Jhapa, Gauriganj, Ward 2

झापा- कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएपछि समस्यामा परेका विपन्न वर्गका परिवारलाई राहत वितरणका लागि पुगेका जनप्रतिनिधिमाथि हातपात भएको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका- २ मा विपन्न वर्गका परिवारलाई राहत बाँड्न पुगेका जनप्रतिनिधिमाथि हातपात भएको हो ।

वडा नम्बर २ स्थित हेम्नाडांगी सतार बस्तीमा राहत बाँड्न पुगेका वडा सदस्य अरुणकुमार राजवंशीमाथि बुधबार साँझ हातपात भएको प्रहरीले जनाएको छ ।

वडा सदस्य राजवंशीमाथि हातपात गरेको आरोपमा सोही ठाउँका सोम मुर्मु र अन्य एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा कार्यालयले गरेको लगत सङ्कलनमा विपन्न परिवारको नाम छुटाएको भन्दै वडा सदस्य राजवंशीमाथि उनीहरूले हातपात गरेका थिए ।

वडा कार्यालयले बुधबार बिपन्न परिवारलाई राहत वितरण गरेको छ भने यसअघि  चार सय पाँच परिवारलाई राहत वितरण गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments