Incident Reports

रूपन्देही कांग्रेस आन्दोलनमा

2020-01-19

 सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरुद्धमा रूपन्देहीमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकको नेतृत्वमा भैरहवामा गरिएको प्रदर्शनमा सूचना विधेयक खारेज गर, नागरिक स्वतन्त्रता हनन गर्ने नियोजित षड्यन्त्र बन्द गर, कम्युनिष्ट फासिस्ट सरकार मुर्दावादजस्ता नारा लगाउँदै याली जिल्ला प्रशासन कार्यालय भित्र नै पुगेको थियो । विरोधका नारा लेखिएका ब्यानरसहित झन्डा बोकेका सयौं कांग्रेस निकट नेता कार्यकर्ताले सूचना प्रविधि फिर्ता नगरिएको वाक स्वतन्त्रता नै खतरामा पर्ने बताएका छन् ।

उनीहरूले प्रमुख जिल्ला अधिकारी माहादेव पन्तमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जनविरोधी विधेयक कुनैपनि हालतमा अगाडि नबढाउन चेतावनी पनि दिएको छ। ज्ञापनपत्र बुझाएपछि कांग्रेस सभापति रज्जाकले भने-'लोकतन्त्रको आत्म मानिएको अभियव्यक्ति स्वतन्त्रताको हत्या गर्नेगरी ल्याएको विधेयक तत्काल खारेज गर्नुपर्दछ। नियोजित षड्यन्त्रका साथ सरकारले ल्याएको विधेयक जनविरोधी छ।'

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments