Incident Reports

राममणि क्याम्पसमा ताला

2020-03-02

Lumbini, Rupandehi, Tillotama

विभिन्न २१ बँदे शैक्षिक माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ। यसअघि माग पूरा गर्न क्याम्पस प्रशासनलाई एकहप्ते अल्टिमेटम दिएको अनेरास्ववियुले माग पूरा गर्न क्याम्पस प्रशासनले चासो नदेखाएको भन्दै सोमबार तालाबन्दी गरेको छ।

बारम्बार आग्रह गर्दा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको संगठनका अध्यक्ष सागर न्यौपानेले बताए । आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी जारी रहने पनि उनले बताए । संगठनका अर्का अध्यक्ष योगेश पराजुलीले वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्यलाई अगाडि बढाउन, इ-लाईब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारिता बढाउन माग गरिएकोमा प्रशासनले बेवास्ता गरेको बताए।

त्यस्तै अनेरास्ववियुले लाईब्रेरीबाट सबै विषयका किताब उपलबध गराउन, पुराना संस्करणका किताब हटाई नयाँ संस्करणका किताब राख्न, स्टडी जोनका लागि तत्काल जग्गा उपलब्ध गराउन, अतिरिक्त प्रतिभा भएका विद्यार्थीहरूका लागि फरक-फरक विधाका शिक्षक राख्न, प्रयाप्त मात्रामा खेल सामग्री उपलब्ध गराउन पनि माग गरेको छ । क्याम्पसको सभा सम्मेलनमा विद्यार्थी प्रतिनिधि सहभागी गराउन, क्याम्पसको आर्थिक हिसाब पारदर्शी गर्न, हालै विज्ञान संकायका संयोजकसहित टोलीले क्याम्पस छाडेको भन्दै यसको छानविन गरी दोषीउपर कारबाही गर्न, अध्ययनरत विद्यार्थीका निम्ति तिलोत्तमा नगरभित्र यातायात सुविधा तत्काल व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ।

त्यस्तै अनेरास्ववियुले यातायात शुल्क घटाउन, रोकिएको बीबीएस अंग्रेजी माध्यमको भर्ना सुचारू गर्न, क्यान्टिन सर्वशुलभ र व्यवस्थित गर्न, शौचालयको नियमित सरसफाई र मरम्मत गर्न, सबै तलामा जाडोमा तातो पानी र गर्मीमा चिसो पानीको व्यवस्था गर्न, गुणस्तरीय शिक्षक राख्न, शिक्षकहरूको अनुशासनमा ध्यान दिन, प्राथमिक उपचारसँगै औषधि समेत उपलब्ध गराउन र क्यूएए प्राप्तिका लागि भनेर बनाइएका संरचना देखावटी भएकाले उक्त संरचनालाई क्याम्पसको समग्र हितमा प्रयोग गर्न माग गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments