Incident Reports

एकनाले भरुवा बन्दुक सहित पक्राउ

2020-04-16

Sudurpashchim, Kanchanpur, Krishnapur, Ward 4

कञ्चनपुर, ४ वैशाख कृष्णपुर नगरपालिका-४ नमुना सामुदायिक वनबाट कैलाली गोदावरी नगरपालिका-११ कालिका टोल बस्ने ५८ वर्षीय मोहन बहादुर साउदलाई  एकनाले भरुवा बन्दुक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साउदले लोड गरी बोकेर हिँडिरहेको अवस्थामा उक्त बन्दुक सहित उनलाई पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments