Incident Reports

मस्जिदका जमाती विषयलाई लिएर दुई पक्षबिच झडप, आठ भन्दा बढी घाइते

2020-04-18

Madhes, Parsa, Bahudaramai, Ward 9

बहुदरामाइ नपा–९ विश्रामपुरको मौजेटोलमा ६ गते बेलुकी दुई पक्ष बीच झडप भएको छ । मौजेटोलमा देवान र कलवार पक्ष बीच भएको झडपमा दुबै पक्षका गरि आठ भन्दा बढि घाइते भएका छन् ।

घाइते हुनेहरूमा देवान पक्षका ३० वर्षीय फैयाद देवान, १९ वर्षीय फतिमा खातुन, ३४ वर्षीय मखमुल राय भाट र ४१ वर्षीय बडिया राय भाट छन् भने कलवार पक्षका २५ वर्षीय चन्दन गुप्ता कलवार, २६ वर्षीय सुनिल गुप्ता कलवार, २८ वर्षीय राधेश्याम गुप्ता र ४३ वर्षीय सुशीला देवी छन्  ।

घाइतेहरुको वीरगञ्जको नेशनल मेकिडल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको छ । वडा सदस्य फकरुद्धिन देवानका अनुसार, मौजेटोलमा रहेको मस्जिदमा वैशाख ६ गते बेलुकी केही व्याक्तिले ढुङ्गा इट्टा प्रहार गरेपछि त्यहि विषयलाई लिएर दुई पक्ष बीच झडप भएको हो ।

चार–पाँच जना उच्छृंखल व्यक्तिहरूले मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै मस्जिदमा ढुङ्गा इट्टा हान्न थालेपछि मस्जिद छेउकै स्थानीयले प्रतिवाद गर्दा दुई पक्ष बीच झडप हुन पुगेको वडा सदस्य देवानले बताउनु भयो ।

तर, झडपमा घाइते भई नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने मस्जिदमा केहि दिन देखि बस्दै आएका बाहिरका जमातीलाई मस्जिदमा नराखौ भनेर चार–पाँच जना जाँदा मस्जिद भित्रैबाट आफुहरू माथि ढुङ्गाले हान्न थालेपछि झडप भएको बताउनु भयो ।

दुई पक्षबिच झडप भएको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट डिएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको वडा सदस्य देवानले बताउनु भयो ।

प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय ३२ वर्षीय राजु गुप्ता र २८  वर्षीय नसुरलाह मियाँलाइ गिरफ्तार गरेको छ । दुई जनालाई गिरफ्तार गरिएको पर्सा प्रहरी एसपी गङ्गा पन्तले जानकारी दिनु भयो । उहाँले झडप किन भएको हो भन्ने अनुसन्धान भईरहेको बताउनु भयो ।

वडा अध्यक्ष रवि गुप्ताले गाँउमा समाजिक सद्भाव बिथोल्ने नियत राखेकाहरूका कारण दुःखद् घटना हुन पुगेको बताउनु भयो । मस्जिदमा बाहिरका कोहि पनि मान्छे नरहेको भन्दै उहाँले सामाजिक सद्भाव बिथोल्ने कुनियत राखेकाहरूका कारण दुःखद् घटना हुन पुगेको बताउनु भयो ।

हिजो बेलु्की देखि गाँउको स्थिति तनावग्रस्त भएपछि राती देखि नै गाँउमा प्रहरी खटिएको भन्दै उहाँले सामाजिक सद्भाव बिग्रन नदिन आफुहरू लागि रहेको बताउनु भयो ।

केसी लामिछाने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 8
INSEC

0 Comments