Incident Reports

कञ्चनपुरमा किशोरीमाथि बलात्कार, ६८ वर्षीय बृद्ध पक्राउ

2020-04-18

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 11

धनगढी : कञ्चनपुरमा एक किशोरीमाथि बलात्कारको आरोपमा बृद्ध पक्राउ परेका छन्। भीमदत्त नगरपालिका ११ का ६८ वर्षीय तारादत्त ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

यसैसात उनले १५ वर्षीया बालिका घरमा आएको मौका छोपेर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको थियो। परिवारका सदस्य सबै गहुँ काट्न गएको मौका छोपी बृद्धले बालिकाको मुख थुनेर बलात्कार गरेको पीडित पक्षको आरोप छ।

ओझा बिरुद्ध जबरजस्ती करणीको आरोपमा परेको किटानी जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र पौडेलले वृद्धलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments