Incident Reports

प्रहरीको लाठी प्रहारबाट आँखाको नसा फाट्यो

2020-04-13

Madhes, Siraha, Siraha, Ward 17

सिरहा–सिरहामा प्रहरीकोे लाठी प्रहारबाट एक जनाको आँखामा गम्भीर क्षति पुगेको छ । ईलाका प्रहरी कार्यालय माडरका प्रहरी प्रमुख कृष्ण यादवले प्रहार गरेको लाठीले सिरहा नगरपालिका वडा नं. १७ पठेर्वा टोलका घुरन मुखियाको दायाँ आँखामा गम्भीर क्षति पुगेको हो ।

गत सोमबार आफ्नै घर अगाडि साग बेचिरहेको अवस्थामा प्रहरीले एक्कासी लाठी प्रहार गरेको पीडित मुखियाले बताए । लाठी प्रहारकै क्रममा ईप्रकाका प्रमुख यादव स्वयम्ले हिर्काएको लाठीले आफ्नो आँखामा चोट लागेको उनले जनाए । लकडाउनको पालना गराउन प्रहरी टोली सो टोलमा आइपुगेका थिए ।

आँखामा गम्भीर चोट लागेपछि उपचार गराउन सागरमाथा आँखा अस्पताल लहान पुगेका मुखियालाई त्यहाँका डाक्टरले आँखाको नसा फाटेको बताए । उपचार गर्न ८–१० दिन ढिला हुने भन्दै काठमाडौं गएर उपचार गराउन सल्लाह दिएर आँखाको सामान्य उपचार गररे मुखियालाई घर फर्काई दिएका छन् । 

 आँखाको बाहिरी भागमा घाउ भएको र घाउ निको नभएसम्म भित्रि भागको उपचार गर्न सम्भव छैन्, उपचारपछि पनि मुखियाले आँखा देख्न सक्ने वा सक्ने यसको ठोकुवा गर्न नसकिने कुरा डाक्टरलाई उदृत गर्दै पीडित मुखियाले जानकारी गराए । दैनिक ज्यालादारी गर्ने मुखियालाई आँखा उपचार गराउन आर्थिक संकट समेत परेको छ । 

घटना बारे वडा अध्यक्ष महेन्द्रप्रसाद यादव र सिरहा नगरपालिकाका नगरप्रमुख अशेषर यादवलाई जानकारी गराएको बताए । उनीहरुले अहिले उपचार गराउन र न्यायका लागि पहल गर्ने आश्वासन दिएको मुखियाले भने । 

यता ईप्रका माडरका प्रहरी प्रमुख कृष्ण यादवले मुखियालाई लाठी प्रहारबाट नभई पिलरमा चोट लागेर आँखाको बाहिरी भागमा सामान्य चोट लागेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments