Incident Reports

टीकापुरमा राहत वितरणमा किचलाे, वास्तविक पीडितलाई छुटाएको भन्दै स्थानीय धर्नामा

2020-04-22

Sudurpashchim, Kailali, Tikapur, Ward 1

धनगढी– राहतको विषयलाई लिएर कैलालीको टीकापुर नगरपालिकाका दुई वटा वडामा स्थानीयले धर्ना दिएका छन्।

सरकारले कोरोनाबाट बच्न लकडाउनसँगै समाजिक दूरी अनिवार्य गरेका बेला टिकापुर नगरपालिकाकाे वडा नम्बर १ र २ मा त्यसकाे वेवास्ता गर्दै स्थानीयले भीडसहित वडा कार्यालय अगाडी गएर धर्ना दिएका हुन्।

नेपाल सरकारले राहत वितरणको मापदण्ड बनाई वडास्तरबाट दैनिक ज्याला मजदूरी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरणका लागि आह्वान गरेसँगै वडाले राहत वितरणमा वास्तविक पीडितभन्दा राजनीतिक पूर्वाग्रहले राहत वितरण गरेको र वास्तविक पीडितले राहत नपाएको आरोप लगाउँदै स्थानीयवासीले वडा कार्यालयमा धर्ना दिन शुरु गरेका हुन्।

टीकापुर– १ मा सबैभन्दा बढी विवाद देखिएको छ। राहतका लागि संकलित तथ्यांकमा आफूहरुलाई नसमेटेको भन्दै स्थानीय महिलाले दिनहुँ वडा कार्यालयमा गई धर्ना दिने गरेका इलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज मनोहर भट्टले बताए।

वडा नम्बर–१ की ७० वर्षिया लायक रानीले राहत वितरणमा धनीलाई समावेश गरी गरिबलाई छुटाएको विरोधमा धर्ना दिइएको बताइन्। उनले लगातार तीन दिनसम्म वडा कार्यालय धाउँदासमेत आफू जस्ता असहायलाई राहत नदिएको तर खान लाउन पुग्ने परिवारलाई राहत वितरण गरेको बताइन्।

वडाध्यक्ष गंगाराम आचार्यले तथ्यांक संकलन गर्दा केही स्थानमा वास्तविक पीडितको नाम छुटेको स्वीकार गरे। तर राजनीतिक पूवाग्रही भने नगरिएको बताए।

यस्तै अर्का वडाध्यक्ष रामसेवक महतोले वडा कार्यालयमा आएको सूचीअनुसार २ सय १७ घरधुरीले राहत पाइसकेको र तथ्यांक संकलनका लागि गाउँका बड्घरलाई पठाउँदा केही घर छुट्न गएको स्वीकार गरेका छन्। उनले छुटेका परिवारलाई पुनः राहत वितरण गरिने बताए।

यसै गरी कैलालीको जानकी गाउँपालिका–५ मा पनि राहत वितरणमा असहमति जनाउँदै स्थानीयले विरोध गरेका छन्। जानकी गाँउपालिकाका–५ का जनप्रतिनिधिलाई कार्यालयमा थुनेर स्थानीयले ताला लगाएका छन्।

दोस्रो चरणमा राहत वितरण सुरु नभएको भन्दै स्थानीयलाई वडा अध्यक्ष भीमवहादुर थारु लगायतका जनप्रतिनिधिलाई कार्यालय भित्रै थुनेर ताला लगाएका हुन्।

लकडाउनपछि समस्यामा परेका वडावासीलाई स्थानीय सरकारले राहत नदिएको गुनासो गर्दै ताला लगाइएको हो। उनीहरुले झण्डै आधा घण्टासम्म जनप्रतिनिधिलाई थुनेका थिए। वडा अध्यक्ष थारुले कार्यापालिका बैठक नहुँदा दोस्रो चरणको राहत वितरण सुरु नभएको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments