Incident Reports

कालोबजारी गरेकाे आराेपमा त्रिपुरेश्वरका दुई औषधि पसललाई दुई लाख जरिवाना

2020-04-22

काठमाडौँ – औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गरेकाे आराेपमा दुई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अनुगमनका क्रममा औषधि तथा स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएपछि दुई पसललाई कारबाही गरेको जानकारी दिए।

उनले भने, ‘साथीहरुले अनुगमनका बेला थर्मल गर्न तथा औषधि अधिक मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेका हुन्।’

त्रिपुरेश्वरमा रहेको शिरिष सप्लायर्सले थर्मल गन बढी मूल्यमा बिक्री गरेको पाइएको र त्रिपुरेश्वरकै इन्टरनेशनल प्याथो साइन्टिफिक ट्रेडर्सले सोडियम हाइपोक्लोराइड बढी मूल्यमा बिक्री गरेको पाइएपछि विभागले कारबाही गरेको उनले बताए।

उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम दुवै पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments