Incident Reports

क्वारेन्टाइनमा राख्न जातिय विभेद दलित अधिकारकर्मीको विरोध

2020-04-28

Sudurpashchim, Achham, Panchadewal Binayak

अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिकामा क्वारेन्टाइन मा राख्ने निहुमा कसैलाई काख र कसैलाई पाख राखेको पाईएको छ एसै बिच नगर प्रमुख देबराज देबकोटाको ठाडो आदेशमा कसैलाई घर मा बस्न त कसैलाई अनिवार्य क्वारेन्टाइन मा बस्न आदेस दिएको पाईएको छ।मास्क कान्ड पछि बिबादमा आएको उक्त नगरपालिका अहिल्य पछिल्लो चरणमा राहत को नाम मा सडेको दाल,चामल र जातिय विभेद को बिबादमा परेको ।

उक्त नगरपालिका नगर प्रमुखले गैर दलित चन्द्र देबकोटा,ललित शाही, जय बडुवाल ,र एक जना बोहोरालाई घरमै बस्न सल्लाह दिएका छन भने एक जना सोही नगर को वडा नम्बर ४ बस्ने गगने कामिको छोरा प्रकाश बिकलाई मेयर आफै उनलाई लाई लगेर होम क्वारेन्टाइन मा बसिरेको बेला उक्त बिक लाई उठाएर क्वारेन्टाइन मा राखिएको छ।एस्मा कसैलाई चैन र कसैलाई ऐन भयो भन्ने गुनासो पिडित को रहेको छ। उक्त सुचना पछि स्थानिय दलित अधिकार कर्मी आक्रोश मा आएका छ्न। नियम सबैलाई समान हुनुपर्यो दलित अधिकार कर्मिको माग रहेको छ।यस्तो ब्याबहार प्रती दलित अधिकार कर्मी घोर आपत्ति प्रकट गर्दछ। 

यस्तो घटनाले कोरोना दलितलाई मात्र लागेको हुदैन कोरोना जाती हेरेर लाग्दैन भनी सुझाब सहित मेयर ज्युले सबै जनतालाई विभेद नगरी क्वारेन्टाइनमा राख्नको लागि पनि अपिल गरेको छ। 

मेयर ज्युले जाती हेरेर क्वारेन्टाइनमा राख्ने होइन मान्छे हेरेर क्वारेन्टाइनमा राख्ने हो।यसरी दलित भन्नेर क्वारेन्टाइनमा राख्ने र उपल्लो जातीको मान्छे आफ्नो आफन्त भए भन्दैमा आदेश दिएर घर नपठाईयोस।मेयर ज्युलाई अनुरोध गर्दछौं । 

हामिहरुलाई जातीय द्वन्दमा अहिले लिने समय होइन। अहिलेत बिश्वनै कोरोनाले त्रसित भएको बेला दलित माथी यस्ता हर्कत नगरियोस।भन्नी सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौं 

जातीय बिभेदको घटना प्रती अछाम जिल्ला लगाएत देश भरिकानै प्रहरी कार्यलय सकारात्मक भै कार्वाही सुरु गरोस। 

यो घटना प्रती अछाल जिल्ला CDO लाई पनि क्वारेन्टाइन मा न बसेकालाई तुरुन्त क्वारेन्टाइन मा राखियोस भनी ध्यानाकर्षण गराउदछौ 

पञ्चदेवल नगरपालिकालाई समयमानै सकारात्मक सोचको बिकाश गर्न पनि ध्यानाकर्षण गराउदछौ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Quarantine Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments