Incident Reports

ज्वरो देखिएपछि विराटनगरका निजी अस्पतालले भर्ना गर्न नमानेका विरामीको मृत्यु

2020-05-01

Province 1, Morang, Biratnagar

विराटनगर, १८ बैशाख । विराटनगरका निजी अस्पतालहरुले भर्ना गर्न नमानेका विरामीको मृत्यु भएको छ ।

मृगौला र लिभरमा समस्या भएका बिरामीलाई ज्वरो आएको भन्दै विराटनगरका निजी अस्पतालले भर्ना गर्न अस्वीकार गरेका थिए । 

बिहीबार दिउँसो धरान लगिएका देवानगञ्ज–१ सुनसरीका ३५ वर्षीय रवीन्द्र यादवको मृत्यु भएको हो । 

आइतबार घरमा हार्बिसाइड (खेतमा प्रयोग हुने किटनाशक) सेवन गरेका यादवलाई कोशी अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रँदै गयो । अवस्था बिग्रिएपछि अस्पतालले भेण्टीलेटरमा राख्नुपर्ने भन्दै बिरामीलाई रेफर गर्‍यो । 

बुधबार कोशीले रेफर गरेपछि आफन्तले नोबेल मेडिकल कलेज लगे । तर ज्वराे देखिएकाे भन्दै नोबेलले भर्ना गर्न मानेन । 

अस्पतालले भर्ना नगरेपछि राति कोशी अस्पताल नै ल्याए । तर कोशीले भेण्टीलेटर नभएकाले भर्ना गर्न नमानेपछि एम्बुलेन्समा हालेर आफन्तले घरमा नै लगे । 

बुधबार राति ऋण खोजेर बिहीबार पुनः एम्बुलेन्समा नोबेल मेडिकल कलेज ल्याए । ज्वरो आएको भन्दै नोबेलले कोभिड अस्पताल लैजान भन्यो । त्यस पछि गाेल्डेन ,न्यूराे, गृनक्रस, लाइफ गार्ड लगेका थिए । तर तर सबैले गेटबाट नै फर्काइदिए । 

धरानमा उपचारका क्रममा ६ बजे मृत्यु भएको बुबा जोगिलाल यादवले बताए । 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाउने बताएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people N
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments