Incident Reports

कुहिएको चामल खानु परेको क्वारेन्टाइनमा बस्दै आएकाहरूको गुनासो

2020-04-29

बुढीगंगा नगरपालिका – ९ स्थित त्रिशक्ती माविको क्वारेनटाइनमा रहेका व्यक्तिहरूले कुहिएको चामल खानु परेको गुनासो गरेका छन् ।

चामलको बोरामा उत्पादन मिति सन् २०१७ फेब्रोरी लेखिएको र उक्त चामल एक वर्षसम्म खान मिल्ने भएपनि आफूहरूलाई म्याद सकिएको चामल दिइदै आएको क्वारेन्टाइनमा बस्दै आएका शिक्षक हिरेन्द्र कुँवरले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘आफुहरू क्वारेन्टाइनमा बसेको १२ दिन भयो । क्वारेन्टाइनमा बसेको दिनदेखि कुहिएको चामल दिइएको रहेछ । आजमात्रै थाहाँ हुन आयो ।

आफूहरूलाई दिएको चामल पकाउदा भात कालो भएको र यसभन्दा अगाडि खाना खाने बित्तिकै दुई-तीन जनाले उल्टीसमेत गरेको क्वारेन्टाइनमा बस्दै आएका दिनेश जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘चामल पकाउदा भात कालो भएपछि चामलको बोरामा हेर्दा उत्पादन मितिनै सकिएको पाइयो ।’

क्वारेन्टाइनमा बस्दै आएका हिरेन्द्र कुँवरले आफूहरुले सधै कुहिएको चामल खाँदै आएको थाँहा नपाए पनि क्वारेन्टाइनमा नयाँ समूह बस्न आएपछि मात्रै चामल कुहिएको थाहा हुन आएको बताउनु भयो ।

चामलको बोरामा उत्पादन मिति २०१७ लेखिएको भएपनि मार्करले २०२० लेखिएको भिष्मराज जैशीले बताउनु भयो ।

उहाँले भन्नु भयो –‘१८ जनाको समूह एकै कोठामा वैशाख १६ गतेदेखि राखिएको छ । दुई सिरक र तीन कम्मलले काम चलाइरहेका छौँ । क्वारेन्टाइन भित्र बाल्नका लागि बत्ति माग्दासमते दइएको छैन् । स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई खबर गर्दा सकैले वास्ता गरेका छैनन् ।’

बुढीगंगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भरत थापाले क्वारेन्टाइन दिइएको चामल म्याद सकिएको स्वीकार गर्नुभयो ।

उहाँले भन्नु भयो –‘हामिले सुनिल बानियाँबाट चामल खरिद गरेका हौँ । उत्पादन मिति हेरेनौँ । क्वरोनटाइनमा रहेका व्यक्तिहरूले बताउनु भएपछि जानकारी भयो । चामल खानयोग्य नभएको भन्ने जानकारी भएलगत्तै नयाँ चामल ल्याएर दिइएको छ ।’

बुढीगंगा नगरपालिकाका प्रमुख दिपकबिक्रम शाहले म्याद सकिएको चामल बिक्री गर्ने व्यापारीलाई कारबाही गरिने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले आफूलाई यस विषयमा कुनै जनाकारी नभएको बताउनु भयो ।

स्थानीय तहले तयार गरेका १८ ओटा क्वारेन्टाइनमा २ सय ३९ जना बस्दै आएको भएपनि हालसम्म सम्बन्धित निकायले क्वारेन्टाइन अनुगमन गरेका छैनन् ।

पदमबहादुर सिंह

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments