Incident Reports

रक्सी पिएर क्वारेन्टाइनमै महिला वडासदस्यमाथि दुर्व्यवहार

2020-05-03

Sudurpashchim, Baitadi, Purchaudi, Ward 3

मादक पदार्थ सेवन गरी क्वारेन्टाइनमा गएर महिला वडासदस्यमाथि अभद्र व्यवहार गरिएको छ। पुर्चौडी नगरपालिका ३ की महिला वडासदस्य काली बोहरामाथि अभद्र व्यवहार भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।

जिल्लाको पुर्चौंडी नगरपालिका ३ स्थित गौरीकन्या मन्तोला क्वारेन्टाइनमा गएर वडा महिला सदस्यमाथि सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहराले अभद्र व्यवहार गरेका हुन्‌।

मापसे गरी महिला वडासदस्य बोहरालाई अभद्र व्यवहार गर्ने नरेन्द्र बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आइतबार क्वारेन्टाइनमै गएर वडा महिला सदस्य काली बोहरामाथि गालीगलौज र अभद्र व्यवहार गरेका नरेन्द्रलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए।

पक्राउ परेका बोहरालाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ। उनीविरुद्ध अभद्र व्यवहार कसुर उजुरी दर्ता भएको छ। जिल्ला अदालतबाट म्याद थपेर बोहोरामाथि अनुसन्धानको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यसअघि गत चैत १६ गते मदिरा सेवन गरी पुर्चौडी नगरपालिका ७ का वडा अध्यक्ष राम बहादुर ऐर कुटिएका थिए। पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी पनि चैत १२ गते क्वारेन्टाइनमै कुटिएका थिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments