Incident Reports

सशस्त्र प्रहरीको पोष्टमा आक्रमण

2020-05-04

परासी — पश्चिम नवलपरासीको सरावल गाउँपालिका भूजहवास्थित सशस्त्र प्रहरी बल नेपाल 'बिओपी' स्थायी पोष्टमा आक्रमण भएको छ । 

लकडाउनको कारण नेपाल-भारत सिमानाका बन्द भएको अवस्थामा केही व्यक्तिले सोमबार राति ढुंगामुडा गरेका हुन् । धानको बीउ किन्नका लागि भारत जान पाउनुपर्ने भन्दै सुरक्षा पोष्टमा आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेडक्‍वार्टर पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक भरत खनियाँले बताए । उनका अनुसार राति ९ बजे ५०/६० जनाको समूहले पोष्टमा आक्रमण गरेपछि सशस्त्र प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरबितर पारेको थियो ।

जिल्लाका किसानहरुले हाइब्रिड धानको बीउ लगाउने गरेका छन् । हाइब्रिड बीउ नेपालमा उपलब्ध नहुने भएकाले विगतमा किसानहरु भारतीय बजार जाने गरेका थिए । बीउको बहानामा आएका अधिकांश किसान नभई विगतमा तस्करहरु भएको सरावल गाउँपालिकका अध्यक्ष राधेश्याम चौधरीले बताए । ‘हामीले धानको बीउमा सहुलियत दिएर नेपाल सरकारले सिफारिस गरेको धानको बीउ लगाउन प्रोत्साहन गरेका छौं’, उनले भने,‘धानको बीउको नाममा यस्तो अवस्थामा सिमानाकामा आक्रमण हुनु दु:खद् हो । तस्करहरु लकडाउनको कारण छटपटाएका छन् । दोषीलाई तत्काल कारबाही हुनुपर्दछ ।’

आक्रमणमा संलग्‍नको खोजी भइरहेको प्रहरीले बताएको छ । यसअघि पनि सिमानाकामा सुरक्षामा खटिने प्रहरीलाई विभिन्न व्यक्तिले धम्काउने तथा अस्थायी पोष्टमा ढुंगामुडा गर्ने गरेका थिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people 12
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments