Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-06

Madhes, Siraha, Mirchaiya, Ward 1

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिर्चैया नपा–१ का २२ वर्षीय रमेश महरालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख २५ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितले बालिकालाई वैशाख २४ गते राति बलात्कार गरेको आरोपमा कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख २५ गते उजुरी दिइएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाएको बताउनु भएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २५ गते भएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments