Incident Reports

गाउँपालिका अध्यक्ष बममाथि कुटपिट

2020-05-09

Karnali, Kalikot, Palata, Ward 8

पलाँता गाउँपालिका –८ निवासी सोही गाउँपालिका अध्यक्ष ३५ वर्षीय लक्ष्मणबहादुर बममाथि वैशाख २७ गते कुटपिट भएको छ ।

नेकपा पलाँता गाउँपालिका कमिटि अध्यक्ष ३७ वर्षीय इन्द्र रोकाया, वडा नम्वर –२ का वडाध्यक्ष ४२ वर्षीय मानबहादुर भण्डारी लगायतको टोलिले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएका हुन् ।

वडा नम्बर–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बममाथि कुटपिट भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्याम ओलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ११ बजेतिर गाउँमा उपभोक्ता गठन सम्बन्धि छलफल भइरहेको अवस्थामा वडा अध्यक्षले गाउँपालिका अध्यक्षमाथि एक्कासी आक्रमण गरेपछि अध्यक्ष बम, उहाँकी श्रीमति र भतिजा सामान्य घाइते भएका छन् ।

घाइते अध्यक्ष बमको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 3
INSEC

0 Comments