Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

2020-05-09

Lumbini, Dang, Tulsipur, Ward 3

६१ वर्षीया वृद्धालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले तुलसीपुर उपमनपा –३ का ४४ वर्षीय खिमबहादुर वली विरूद्ध वैशाख २८ गते  इलाका प्रहरी कार्यालय तुलसीपुर उजुरी दर्ता गराएका छन् ।

पीडित घरमा सुतेको अवस्थामा आरोपितले  वैशाख १७ गते कोठामा पसेर यौन  दुर्व्यवहार  गरेको पीडित पक्षले आरोप लगाएका छन् ।  घटना पछि आरोपित फरार रहेको प्रहरीले जनाएको छ ।

घटना गाउँघरमै मिलाउने प्रयास गरेपछि ढिलोगरी उजुरी आएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २८ गते राप्ती प्रादेशिक अस्पतालमा गरिएको प्रहरीले जनायो ।

 

 

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments