Incident Reports

हत्याको किटानी जाहेरी लिन माग गर्दै दुई दिनदेखि प्रहरी कार्यालय घेराउ

2020-05-10

Karnali, Humla, Sarkegad, Ward 4

रहस्यमय मृत्यु भएको घटनामा प्रहरीले  किटानी जाहेरी लिन नमानेको भन्दै महिलाले दुई दिनदेखि जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

सर्केगार्ड गाउँपालिका– ४ दुल्लीकी २४ वर्षीया शान्ति थापाको २६ वैशाखमा रहस्यमय मृत्यु भएपछि माइतीतर्फकाले दुई दिनदेखि जिल्ला प्रहरी कार्यालय हुम्ला घेराउ गरेका हुन् ।

मृतक थापाकी आमा भियाली भण्डारीले ज्वाइँ जुनराज थापाले छोरीको हत्या गरेको दाबी गरेकी छिन् । ‘मेरी छोरीको हत्या भएको हो । तर, प्रहरीले किटानी जाहेरी लिन मानेन,’ उनले भनिन्, ‘त्यसैले हामीले प्रहरी चौकी घेराउ गरेका हौँ ।’

उनीहरूले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने र शव पोष्टमार्टम पनि गर्न नदिने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले भने इन्स्पेक्टर राजकुमार पहाडीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि टोली खटाइएको र टोलीले प्रारम्भिक अनुसन्धानमा जुनराजले हत्या गरेको कुनै प्रमाण नभेटेकाले तत्काल हत्याको किटानी जाहेरी लिन नमिल्ने बताएका छन् । उनले ज्यानसम्बन्धी मुद्दा भने दर्ता भएको र घटनाको अनुसन्धान जारी रहेको बताए ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments