Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2020-05-07

Karnali, Humla, Sarkegad, Ward 2

सर्केगाड गाउँपालिका– ४ दुल्ली गाउँकी २४ वर्षीय शान्ति थापालाई हत्या गरेको आरोपमा ३० वर्षीय जुनराज थापालाई प्रहरीले वैशाख २८ गते गिरफ्तार गरेको छ ।

वैशाख २६ गते आफ्नी छोरीको हत्या गरेको भन्दै मृतकका वुवा धनगिरी भण्डारीले जिल्ला प्रहरी कार्यालय हुम्लामा वैशाख २८ गते उजुरी गरेको डिएसपी रामप्रसाद घर्तिमगरले बताउनु भएको छ । मृतक थापा आरोपितकी जेठी पत्नी हुनुहुन्छ ।

किटानी दिए पनि प्रहरीले मुद्धा दर्ता गर्न नमानेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालयको गेटमा वैशाख २९ र ३० गते धर्ना दिएका छन् । मुद्धा दर्ता नगरेसम्म लाश नबुझ्ने माइती पक्षको अडान पछि पोष्टमार्टम पनि हुन नसकेको प्रहरीको भनाई छ ।

इन्सपेक्टर राजकुमार पहाडीको नेतृत्वको टोलीले घटना स्थलमै पुगेर अनुसन्धान गर्दा पतिले नै मारेको भन्ने प्रमाण नभेटेकोले किटानी मुद्धा दर्ता गर्न नमिलेको डिएसपी रामप्रसाद घर्ति मगरले बताउनुभएको छ ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments