Incident Reports

राहतमा अनियमितता गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

2020-05-15

Madhes, Saptari, Bode Barsain, Ward 1

२ जेठ, सप्तरी । राहतमा अनियमितता गरेको भन्दै सप्तरीको बोदे बर्साइन नगरपालिका वडा नबर १ सिस्वाबेल्हीका बासिन्दाले शुक्रबार प्रदर्शन गरेका छन् ।

वडा अध्यक्ष धिरेन्द्र यादवले रातिको समयमा आफ्ना नजिककालाई मात्रै राहत दिएको भन्दै स्थानीयले प्रदर्शन गरी वडा कार्यालयमा तालबन्दीसमेत गरेका छन् ।

वडा अध्यक्ष यादवले गत वैशाख २९ गते राति ९ बजे आफ्ना नजिकका मान्छेहरुलाई मात्र बोलाएर राहत दिएकाले आफूहरु आन्दोलनमा उत्रेको स्थानीय धर्मदेव साहले बताए ।

उनले नगरपालिकाबाट ४ सय परिवारका लागि आएको राहत निर्देशिका विपरीत कुनै पनि राजनीतिक दलका प्रतिनिधि नतोकेर आफ्नै मनले वितरण गरेको बताए ।

राहत वितरणमा अनियमितता गर्ने वडा अध्यक्षलाई कारवाही नगरेसम्म वडा कार्यालयमा लगाइएको ताला नखोलिने उनीहरुले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments