Incident Reports

सहकर्मीलाई काेराेना भएपछि सञ्‍चारकर्मीलाई गाउँ छाेड्न धम्की

2020-05-19

Madhes, Bara, Kolhabi, Ward 1

बारा : सहकर्मीलाई कोरोना संक्रमण भएपछि स्थानीयले बाराका एक सञ्चारकर्मीमाथि दुव्र्यवहार गरेका छन्। सदरमुकाम कलैयाको एक एफएम रेडियोमा कार्यरत सञ्चारकर्मीमा कोरोना पुष्टि भएपछि अर्का सञ्चारकर्मी अभय दुवेलाई उनकै गाउँ कोल्हवी १ मठवाका स्थानीयले गाउँ छाड्न दबाब दिएका छन्। सञ्चारकर्मी दुवेलाई स्थानीयले गाउँमा बसेमा कोरोना फैलिन्छ भन्दै जतिसक्दो गाउँ छोड्न भनेका छन्। दुवेले कोरोना भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएको जानकारी गराउँदासमेत रामनाथ चौधरीले लछारपछार गरेर गाउँछाड्न धम्की दिएका थिए। गाउँ नछाडे परिवारलाई मार्छु भनेर धम्की दिएका पीडित दुवेले गुनासो गरे।

उनलाई स्थानीय युवा अरुण महतो, अजय पन्जियार, लक्की चौधरी, भुपे चौधरीलगायतले गालीगलौजसमेत गरेका थिए । घटनाबारे प्रहरीलाई जानकारी गराएपछि गाउँमा पुगेको प्रहरीले घटना नदोहो¥याउने सर्तमा सम्झाएर फर्किएको पीडित दुवेले बताए। ‘प्रहरी फर्केपछि गाउँमा छलफल राखेका समाजकै अगाडि पुनः घाँटी समाएर दुव्र्यवहार गरे,’ दुवेले भने, ‘हजुरवुवाले मलाई घर छलफलबाट मलाई घर पठाइदिनुभयो। दुव्र्यवहार गर्नेले हजुरवुवासँग माफी मागेको सुनें।’ वडाध्यक्ष वीरेन्द्र चौधरीले संक्रमित ठाउँबाट गाउँ आएकाले गाउँहरुले आक्रोश व्यक्त गरेको स्वीकार गरे । उनले स्वाब संकलन गरेर रिपोर्ट नआउँदै गाउँ आएकाले आशंका गरेर कुराकानी गर्ने क्रममा सामान्य विवाद भएको र छलफल गरेर टुंग्गाइएको जानकारी दिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Prejudice and Discrimination
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports