Incident Reports

सीमामा प्रहरीमाथि फेरि भारतीयको आक्रमण

2020-05-22

Province 1, Jhapa, Kachankawal, Ward 1

बिर्तामोड — झापाको कचनकवल गाउँपालिका–१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि शुक्रबार फेरि भारतीय नागरिकले आक्रमण गरेका छन् । चमारभिट्टास्थित सीमामा   खटिएका सशस्त्र प्रहरी र सीमावर्ती भारतीय नागरिकबीच विवाद भएको हो ।

बिहान १० बजेतिर दशगजामा सशस्त्र प्रहरीका एक हवल्दारलाई भारतीय नागरिकले बाँसको लट्ठीले प्रहार गरेका थिए । उनको कानमा चोट लागेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि सशस्त्रका हवल्दारले प्रतिकार गरेका थिए । त्यस क्रममा भारतीय नागरिकलाई पनि चोट लागेको स्थानीय बोलोराम राजवंशीले जानकारी दिए । भारतको किसनगन्ज जिल्लाको जिलाबारी बस्तीका २५ वर्षीय युवकले दशगजा कटेर नेपालतर्फ गाईबस्तु बाँधेका थिए । नेपाली सुरक्षाकर्मीले नेपालतर्फ बस्तु नबाँध्न आग्रह गरेपछि उनले बाँसको लट्ठीले हानेका हुन् । लगत्तै भारतीय बस्ती जिलाबारीबाट घरेलु हतियारसहित करिब एक सयको संख्यामा मानिसहरू नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न दशगजातर्फ आएका थिए । तर, नजिकै रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले उनीहरूलाई तितरबितर पारेका थिए । सीमा क्षेत्रमा रहेका दुवै देशका सुरक्षाकर्मीबीच छलफल भई घटना साम्य पारिएको सशस्त्र प्रहरीका एसपी रमेशकुमार थक्सुले जानकारी दिए । यससहित जिल्लामा वैशाख २० यता भारतीय नागरिकद्वारा नेपाली सुरक्षाकर्मीमाथि चारपटक आक्रमण भइसकेको छ । ६ दिनअघि पनि कचनकवल–१ को झन्डुबस्तीमा स्थापित सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments