Incident Reports

क्वारेण्टाइनमा राखिएकालाई वडाध्यक्षद्वारा निकाला

2020-05-21

Gandaki, Tanahun, Bhanu, Ward 2

भानु नगरपलिका–२ स्थित शारदा कलेजमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिएका एक व्यक्तिलाई सो वडाका अध्यक्ष अर्जुन खड्काले जेठ ७ गते राति क्वारेण्टाइनबाट जबरजस्ती निकालेका छन् । भानु नगरपालिका –९ घर भएका ती व्यक्ति सोही दिन साँझ काठमाडौंबाट आएका थिए ।

उनलाई कोरोना सङक्रमण भएको हुन सक्ने भनी क्वारेण्टाइनमा राख्न नहुने भन्दै वडा अध्यक्ष खड्काको नेतृत्वमा मध्यरातमा उनलाई क्वारेण्टाइनबाट निकालिएको भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनील पाण्डेले जानकारी दिनभयो ।

क्वारेण्टाइनबाट निकालिएपछि बाटोमा अलपत्र परेका ती व्यक्तिलाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईको पहलमा राति नै एम्बुलेन्समा दमौली अस्पताल पुर्याइएको थियो ।

उनलाई जेठ ८ गते दिउँसो आफ्नै घरको क्वारेण्टाइनमा लगेर राखिएको भट्टराईले बताउनुभयो । सो क्वारेण्टाइनमा अर्का एक व्यक्ति पनि रहेका छन् । भानु नगरपालिकाको क्वारेण्टाइनमा १० जना रहेको भट्टराईले बताउनुभयो ।

घटना सार्वजनिक भएपछि जेठ ८ गते प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले उक्त क्वारेण्टाइनको निरीक्षण गर्नुभएको थियो ।

क्वारेण्टाइनको निरीक्षणपछि सीडीओ अधिकारीले क्वारेण्टाइनमा बस्नेहरुको सम्मान गर्न र क्वारेण्टाइनलाई व्यवस्थित गर्न निर्देशन दिइएको बताउनुभयो ।

यस सम्बन्धमा वडा अध्यक्ष खड्काले क्वारेण्टाइनमा बसेर हल्ला गरेको कारण सम्झाएको मात्र बताउनुभयो  ।

क्वारेण्टाइनबाट निकालेको भन्ने कुरा हल्ला मात्र भएको भन्दै आफ्नै वडा भित्र रहेको क्वारेण्टाइनमा सबैलाई सम्मानका साथ राखिने बताउनुभयो ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
INSEC

0 Comments