Incident Reports

शारिरीक सम्बन्ध राख्न नमानेपछि दलित महिलालाई निर्घात कुटपिट

2020-05-23

Madhes, Siraha, Kalyanpur, Ward 11

काठमाडौं– आफुसँग शारिरीक सम्बन्ध राख्न नमानेपछि कल्याणपुर नगरपालिका ११ का गान्धी साहले एक दलित महिलालाई निर्घात रुपमा कुटपिट गरेका छन् । 

सप्तरी जिल्ला सिसबाकटि वडा नम्बर ६ हाल वस्ने उमेश प्रसाद साहको छोरा २४ वर्षीय गान्धी साहले सोहि कल्याणपुर नगरपालिका ११ का हरिशरण महराकी श्रीमती रिंकु महरालाई शारिरिक सम्बन्ध राख्न नमानेपछि निर्घात रुपमा कुटपिट गरेका हुन् । पीडित रिंकुका अनुसार गान्धी साहबाट आफुलाई पटक पटक फोन गरेर अनैतिक सम्बन्ध राख्न दवाब दिने गरेको थियो । रिंकु महराले अनैतिक सम्बन्ध राख्न नमान्दा गान्धी शाहले गालीगलौज गरी कल्याणपुर नगरपालिकाको अगाडि घिसार्नुसंगै लुगाफाटो समेत च्यातिदिदै कुटपिटमा उत्रिएका थिए । 

पिडित रिंकुका अनुसार आफुलाई रू ५०० दिने प्रलोभन गरेको सो कुरा आफुले नमान्दा दलितको के औकात छ भन्दै गालिगलौज गरी गान्धीले कुटपिट गरेका थिए । साह नेकपा निकट सिरहा जिल्ला युवा संघका अध्यक्ष बैजनाथ साहका आफ्नै भान्जा हुन् । बैजनाथ साहलाई रिंकु महराले तपाईंको भान्जाले फोन गरेर हैरान किन गरेको भनेको भोलि पल्ट शनिबार गान्धी रिंकुको घरमा पुगेर कुटपिट गर्न थालेका थिए । 

कल्याणपुर ईलाका प्रहरी कार्यालय प्रमुख प्रमोद साहलाई घटना बारे बताए पनि बैजनाथ साहको पहुँचले गर्दा उसको भान्जा गान्धी साहलाई समातेको छैन । आफुलाई कुटपिट गरे लगतै ईलाका प्रहरी कल्याणपुरमा जाँदा ईलाका प्रमुखको अगाडी जातीय छुवाछूत र नराम्रो गाली गलौजमा उत्रिदै मारेर फालिदिने धम्की समेत साहले दिएका थिए । 

पिडित रिंकु हाल मिचैर्या अस्पतालमा उपचार भइरहेको छ । दलित अधिकारकर्र्मी संजय महराले अन्याय अत्याचार गर्नेलाई कठगारामा ल्याई दोषीलाई करबाहिको माग गरेका छन् । जातीय आधारमा कसैको श्रीमातिलाई अनैतिक सम्बन्ध राख्न खोज्ने र कुटपिटमा उत्रिने साहलाई  तत्कालै कारबाहीको दायरामा ल्याउनुपर्ने संजयले प्रहरी प्रशासनसँग माग गरे ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments