Incident Reports

चोकको नाम राख्ने विषयमा विवाद हुँदा महिला वडासदस्यमाथि हातपात

2020-05-24

Province 1, Sunsari, Dharan, Ward 14

चोकको नाम राख्ने विषयमा विवाद हुँदा धरान उपमहानगरपालिका– १४ का महिला सदस्यमाथि हातपात भएको छ ।

धरान– १४ स्थित बमधारा मार्गमा हालै नामकरण भएको शिवजी चोकको विषयमा विवाद हुँदा आइतबार बिहान महिला वडासदस्यसहित तीनजनामाथि कुटपिट भएको प्रहरीले जनाएको छ । घटनामा दलित महिला सदस्य मनीषा विक, झलक तामाङ र सुरज विक घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

चोकको नाम राख्ने विषयमा विवाद हुँदा उनीहरूमाथि सडकमै आक्रमण भएको स्थानीयले बताएका छन् । बियरको बोतल र दाउराले हिर्काएको पीडितले बताएका छन् । घटनामा स्थानीय मनोज तामाङ पनि घाइते भएका छन् । घाइतेहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वडासदस्य विकको छाती, घाँटी र अनुहारमा चोट लागेको छ ।

प्रहरीले कुटपिटको आरोपमा स्थानीय बाबुराम अधिकारी, गणेश कार्की, अर्जुन तामाङ र पदम तामाङलाई पक्राउ गरेको छ । गत शिवरात्रिमै शिवजी चोक नामकरण भएर उद्घाटन गरिएको सो चोक तथा सडकमा राखिएको बोर्ड शनिबार राति केही व्यक्तिले तोडफोड गरेका थिए ।

बोर्ड फालेको विषयमा प्रहरीको रोहवरमा सहमति भएर प्रहरी फर्किएपछि हातपात भएको वडासदस्य मञ्जिल श्रेष्ठले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
Female Injured 1
National/Online Media

0 Comments