Incident Reports

कथित बोक्सी आरोपमा कुटपिट, घटनाको उजुरी दर्ता नगरेको पीडितको आरोप 

2020-05-23

Madhes, Dhanusha, Mithila, Ward 3

मिथिला नगरपालिका–३ हरिहरपुरमा कथित बोक्सी आरोपमा ४० वर्षीया एक महिलालाई सोही ठाउँ बस्ने देवर विजय महतो र देवरानी सविता देवी महतोले जेठ १० गते बिहान कुटपिट गरेको पीडितले बताउनु भएको छ ।

कुटपिटबाट महिलाको तिघ्रा र ढाडमा लठ्ठीको निलडाम परेको छ । उहाँको जेठ १० गते नै ढल्केवरको एक नीजि क्लिनिकमा उपचार गरिएको छ ।

देवरानी सविता देवीको शरिरमा पटक पटक देवी देवता आएर काम्ने गरेको र भाउजुले नै बोक्सी लगाएको भन्दै अश्लिल गालीगलौज गर्नुको साथै कुटपिट गर्दै आएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

पीडित महिलाको पति लामो समयदेखि वैदेशिक रोजगारीमा रहँदै आउनु भएको छ । छोरीहरूको विवाह भइसकेकाले घरमा स–सना दुई छोरारूलाई लिएर असुरक्षित तरिकाले बस्नु परेको पीडित महिलाले बताउनु भएको छ ।

गत वैशाख महिनामा समेत विजय र सविताले मिलेर बोक्सीको आरोपमा पीडित महिलालाई कुटपिट गरेका थिए भने एक महिना अगाडि खेतमा विजय महतोले कोदालोले काट्न आएको पीडित महिलाकी छोरी कविता महतोले बताउनु भएको छ ।

पटक पटक बोक्सीको आरोप लगाउँदै आमालाई शारीरिक तथा मानसिक रूपमा यातना दिँदै आएको कुरा सुनेर माइती आउँदा काका र काकीले आफुलाई समेत गालीगलौज गर्दै आएको कविताले बताउनु भयो ।

पीडितले जेठ १० गते इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दिनु भएको छ । पीडित महिलाले दिएको उजुरी प्रहरीले लकडाउनको समय भएको भन्दै उजुरी दर्ता गरेको छैन ।  ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर तिर्थराज कार्कीसँग घटनाबारे बुझ्दा उहाँले घटनाबारे उजुरी दिन आएको तर आफुहरूको ईलाकामा नपर्ने भएकाले प्रहरीको टोली घटनास्थल पुगेर छलफलको लागि समय लिएको बताउनु भएको छ ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments