Incident Reports

होटलमा डाक्टर राखेको भन्दै गौशालाका स्थानीयको विरोध

2020-05-25

Bagmati, Kathmandu, Kathmandu, Ward 9

काठमाडौं-  मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका स्वास्थ्यकर्मीलाई गौशालास्थित एक होटलमा राखिएको भन्दै स्थानीयले विरोध जनाएका छन्।ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलामा गत शुक्रबार कोरोना पुष्टि भएपछि करीब ४५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। अस्पताल, घर र होटलमा गरी करीब ४५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा रञ्जन सापकोटाले बताए। जसमध्ये ९ जना स्वास्थ्यकर्मीलाई गौशालास्थित एक होटलमा राखिएको छ। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको भन्दै त्यहाँका स्थानीयले विरोध जनाएका हुन्।कोरोना संक्रमणको त्रासका कारण स्थानीयहरुले विरोध गरेको काठमाडौं महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।  उनले भने, ‘कोरोना संक्रमितलाई यहाँ ल्याएर राखेको भन्दै स्थानीयले विरोध जनाएका थिए। तर उनीहरु संक्रमित होइनन्, सबै स्वस्थ्य व्यक्ति हुन्। क्वारेन्टाइनमा सुरक्षित रुपमा राख्न मात्र यहाँ राखिएको भनेर सम्झाएपछि उनीहरु साम्य भएका छन्।’ सरकारले गरेको निर्णयलाई मौन सहमति जनाउँदै पालना गर्ने उनले बताए। प्रहरी र स्थानीय जनप्रतिनिधि बीचको छलफलपछि स्वास्थ्यकर्मीहरुलाई हाल सुरक्षाका साथ क्वारेन्टाइनमा राखिएको छ ।  

मनमोहन अस्पतालका संयोजक डा सापकोटाले स्थानीयले क्वारेन्टाइनको अर्थ नबुझेका कारण उनीहरुले विरोध गरेको बताए। 

उनले भने, ‘सरकारले क्वारेन्टाइनको अर्थ बुझाउन नसक्दा उनीहरुले विरोध गरे। क्वारेन्टाइनमा रहेका व्यक्ति स्वस्थ हुन्छन्। उनीहरु संक्रमित होइनन् भनेर सरकारले बुझाउन सकेनन्।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments