Incident Reports

राहत नपाएपछि सुकुमबासीले वडा कार्यालयमा लगाए ताला

2020-05-26

Lumbini, Bardiya, Barbardiya, Ward 1

जेठ १३, २०७७ बर्दिया : बारबर्दिया नगरपालिकाका मुक्तकमैया र सुकुमबासीले राहत नपाएको भन्दै वडा कार्यायलयमा ताला लगाएका छन्। लकडाउनका बेला राहतस्वरुप खाद्यान्न नपाएपछि नगरपालिकाका वडा नम्बर १ का कार्यालयलाई उनीहरुले बन्द गरेका हुन्। कामका लागि खाद्यान्न भनेर वडाले ३ दिन मात्रै काम दिएको जमुनीका मुक्तकमैया अगुवा विन्तीराम थारूले जानकारी दिए।साँझ बिहानको छाक टार्न समस्यामा परेका वडाका ४ सय ७४ जना पहिचान गरी नगरपालिकामा पठाउँदा पनि नगरले २ सय जनालाई मात्रै राहत पठाएको उनीहरुको भनाइ छ।वितरणमा समस्या भएकाले राहत दिन नसकिएको नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामबहादुर थारुले बताए। मुक्तकमैया र सुकुमबासीहरुले भने वडाले खाद्यान्न स्टक राखेको तर वितरण नगरेको यसअघि देखि नै गुनासो गर्दै आएका छन्। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments