Incident Reports

निजगढमा एनसेलको मेशिन कोठामा तालाबन्दी

2020-05-26

Madhes, Bara, Nijgadh, Ward 7

निजगढ नगरपालिका–७ मा रहेको एनसेलको मेशिन कोठामा मङ्गलवार स्थानीयले ताला लगाएका छन्।  आफूहरूले एनसेलको टावर निर्माण हुँदै गर्दा वरपरका घरहरूमा टावर ढलेर क्षति पु–याउन सक्ने भन्दै बीमा गर्न पटक–पटक आग्रह गरिरहे पनि एनसेल पक्षले बेवास्ता गरिरहेको, सडकनजीकै जेनेरेटर राखेको, जसले ध्वनि प्रदूषणसँगै पोखिएको डिजेलमा आगलागी भएमा बस्तीमा समेत असर पुग्नेलगायतका माग राख्दै आए पनि बेवास्ता गरेको स्थानीय सुखदेव भण्डारीले बताए। स्थानीयले एनसेल सञ्चालनका लागि निर्माण गरिएको मेशिनजडित बिटिएस कोठामा तालाबन्दी गरेका छन्।

सोही टावर भएर एनसेल मार्ग थप विस्तार गर्न सडक निर्माण समितिले १५ लाख रुपैयाँ सहयोग माग गरे पनि एनसेल पक्षले बेवास्ता गर्दै आएको सडक निर्माण समितिका अध्यक्ष विदुर भण्डारीले बताए।  सार्वजनिक सडक निर्माणलाई थप विस्तार गर्न समितिले सो रकम माग गरेको ५ महीना नाघे पनि बेवास्ता गर्दै आइरहेको उनले भने। यता एनसेलले स्थानीयको मागलाई बेवास्ता गरेकोले बाध्य भएर स्थानीयले तालाबन्दी गरेको स्थानीय समाजसेवी पदमबहादुर भण्डारीले बताए।  सो टावर सञ्चालन गर्दै आइरहेको जेडटिई नेपालका साइट मेनेजमेन्ट प्रमुख रोजिता शाहीले आफूसँग फोनमा असार मसान्तसम्ममा स्थानीयको माग पूरा गर्ने एनसेलले प्रतिबद्धता जनाएकोले मेशिन कोठामा लगाएको ताला गाउँलेले खोलिदिएको समाजसेवी भण्डारीले बताए। स्थानीयको माग सम्बन्धमा जेडटिईकी शाहीले अहिले नै यकीन भन्न नसक्ने आफूले स्थानीयको मागलाई माथिल्लो कार्यान्वयन पक्षसम्म पु–याएको प्रतिक्रिया दिइन्।  सो मेशिन कोठा बन्दा गर्दा मेशिनमा समस्या आउने र बाराको निजगढ, रौतहट, सर्लाही, महोत्तरी, धनुषाको ढल्केवरसम्म एनसेलको मोबाइल सेवा अवरुद्ध हुने इन्जिनीयर सञ्जीव पटेलले जानकारी दिए . तालाबन्दी गरिएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी सुरक्षा बेस निजगढका सुरक्षाकर्मीले स्थानीयलाई सम्झाइबुझाइ तालाबन्दी खोल्न आग्रह गरेका थिए। 

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments