Incident Reports

रिसोर्टको बाथरुममा युवती मृत फेला, संगै गएका युवक फरार

2020-05-27

Sudurpashchim, Dadeldhura, Amargadhi, Ward 7

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै रहेको एक रिर्सोटको बाथरुममा युवती मृत भेटिएकी छन् । बुधबार बिहान करिब ७ बजेतिर ती युवतीले रिर्सोटमा रुम बुक गरेको र रुम बुक गर्दा मृतक युवतीसंग एक जना युवक पनि रहेको रिर्सोटका सहायक लेखापाल ईन्द्र विष्टले जानकारी दिए । करिब ११ बजेतिर खानाको अडर गर्न जाँदा कोठा खुल्ला रहेको र वाथरुपमा युवती मृत देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । उनीसंगै गएको युवक फरार रहेकका छन् ।

अमरगढी नगरपालिका ७ सल्लागाउ घर भएकी अन्दाजी १९/२० वर्षकी निर्मला बोहरा होटेलको बाथरुममा पानी तताउन प्रयोग हुने मल्टीप्लगको तारले बाथरुममा लुगा राख्ने ह्याङगरमा झुण्डिएको अवस्थामा रहेका र मृतकका आफन्तहरु नआउँदासम्म उक्त कोठालाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी प्रहरी ईनस्पेक्टर विरेन्द्र बोहराले जनाकारी दिए ।

११ बजेतिर होटेलले खानाको लागी अडर गर्न कोठामा फोन गरेको र फोन नउठेपछि होटेलको स्टाफ खानाको अडर गर्न रुममा पुग्दा रुमको ढोका खुल्लै रहेको र बाथरुममा महिला मृत रहेको प्रारम्भिक रिर्पोट रहेको र घटनाको विस्तृत अनुसन्धान जारी रहने समेत ईनस्पेक्ट बोहराले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments