Incident Reports

रुकुमका मृतकलाई न्याय माग्दै बारामा प्रदर्शन, हेर्नुस् फोटोहरू

2020-05-27

Madhes, Bara, Nijgadh

जेठ १४, २०७७ बारा : पश्चिम रुकुममा भएको घटनाको विरोध गर पीडितलाई न्याय माग्दै बारामा ¥यालीदेखि श्रद्धाञ्जलि गरिएको छ। शनिबार भएको घटनामा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकसहितका ६ जनाको हत्या भएको थियो। बाराको निजगढमा मध्याह्न ¥याली र अपराह्न दीप प्रज्वलन गरिएको हो।अन्तरजातीय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नवराजको फोटोसहित प्लेकार्ड बोकेर ¥यालीमा मानिसहरु सहभागी भएका थिए। ‘जातीय विभेद अन्त्य गर, जातीय विभेद चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्यारालाई कारबाही गर, सरकार भेटियोः न्याय भेटिएन’ सहितको प्लेकार्ड उनीहरुले बोकेका थिए। मृतकको आत्माको शान्ति कामना गर्दै दलित संगठन निजगढ नगर कमिटीको आयोजनामा मैनबत्ती बालेर श्रद्धाञ्जलि व्यक्त गरिएको थियो। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments