Incident Reports

आमाको हत्या गरी आत्महत्या

2020-05-28

Province 1, Morang, Belbari, Ward 4

मोरङ — बेलबारी नगरपालिका-४ बुधबारेमा बिहीबार एक युवाले आमालाई हत्या गरी आफूपनि आत्महत्या गरेका छन् । स्थानीय ३० वर्षीय जीवनबहादुर लिम्बूले आमा ५५ वर्षीया देवीकुमारीलाई हत्या गरी आत्महत्या गरेको प्रहरी उपरीक्षक विश्‍व अधिकारीले बताए ।  जीवनले देवीकुमारीको टाउको र निधारमा छुरी प्रहार गरेपछि उक्त छुरीले नै आफ्नो घाँटी र पेटमा प्रहार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । घाइते जीवनको सामुदायिक अस्पताल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।  घट्नाको कारण खुल्न नसकेको र इलाका प्रहरी कार्यालय बेलबारीको प्रमुख प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको छानबिन टोली घटनास्थल पुगेर छानबिन गरिरहेको एसपी अधिकारीले बताए । 

 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments