Incident Reports

क्वारेन्टिन निर्माणको विषयमा रौतहटमा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर

2020-05-28

Madhes, Rautahat, Katahariya, Ward 1

१५ जेठ, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ ।

कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएर झडप भएको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन राख्न नदिने भन्दै स्थानीयले ढुङ्गामुढासमेत गरेका थिए ।

झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुटको छ । प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा ल्याइएको छ ।

स्थानीयसँगको विवादले उग्र रुप लिएर झडपमा परिणत भए पछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खड्काले बताए ।

कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एकमात्र क्वारेन्टिनमा दुई सय भन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा समेत क्वारेन्टिन निर्माण गर्न खोजेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments