Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-26

Province 1, Sunsari, Itahari

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६१ वर्षीय बाबुलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।

 आरोपितले पटक–पटक बलात्कार गर्दै आएको र अन्तिम पटक जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ १४ गते इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराएपछि गिरफ्तार गरेको डिएसपी धर्मराज ढकालले बताउनुभयो ।

 पीडित बालिका आरोपितको झड्केली छोरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि हाडनाता करणी शीर्षकमा जेठ १५ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी ढकालले बताउनुभयो ।

 आरोपित अवकाश प्राप्त शिक्षक रहेको प्रहरीको भनाइ छ ।

 पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जेठ १५ गते गरिएको छ ।

 

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments